काठमाडौं । जाजरकोटमा फेरि भुकम्प गएको छ । फेरि भूकम्प गएपछि त्यहाँ त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार अपराह्न ५।८ म्याग्निच्युडको अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।
आज दिउँसो चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।
यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६।४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।

