काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कसैसँग नतर्सिएको बताएका छन् । आज सिंहदरबारमा देशलाई गणतन्त्रमा ल्याउन भूमिका खेल्ने दलका नेताहरूको बैठकपछि उनले यस्ता बैठक निरन्तर गर्ने समझदारी भएको सुनाए ।
“राम्रो कुरा के भयो भने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यो प्रारम्भिक बैठक भयो,” उनले भने, “निरन्तर बैठक राख्नुपर्छ भन्ने कुरामा नेताहरूको समझदारी छ ।”
उनले अहिले समान्य समीक्षा गरिएको भन्दै कसैसँग नतर्सिएको बताए । “बिल्कुल सन्त्रासको कुरा होइन । समय आएको छ, एकपटक सामान्य समीक्षा गरौँ भनेर गरिएको हो । यो प्रक्रिया अघि बढिरहन्छ,” उनले भने, “कसैसँग तर्सिएको छैन ।”

