तत्कालीन शान्ति सम्झौता गर्ने प्रमुख दलका नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज तत्कालीन शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सघन छलफल भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आवाज उठ्न थालेको भन्दै त्यसको मिलेर प्रतिवादमा एकजुट हुने निचोडमा उनीहरु पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीक्षात्मक विशेष बैठक भएको सुनाए । “यो विशेष बैठक नै हो । नेपालको राजनीतिक इतिहासमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पार्टी र नेताहरुको समान्य समीक्षात्मक बैठक थियो,” उनले भने ।

उनका अनुसार सबै दलहरुमा संविधान र गणतन्त्रप्रति एउटै खालको प्रतिवद्धता जनाउँदै बैठकलाई निरन्तरता दिन सहमत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर