प्रधानमन्त्री प्रचण्ड र सीपीसीका सचिव छुङछेङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।

वाङको टोली हिजोदेखि नेपाल भ्रमणमा रहेको छ । पाँच दिने नेपाल भ्रमणमा आएको टोलीले काठमाण्डौ आइपुगेदेखि नै उच्चस्तरीय भेटघाट थाल्दै आएको छ ।

वाङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हिजो काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेटमा वाङले सहयोग प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वाङ भोलि पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्नुका साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर