एक हजारले बढ्यो आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै धनतेरसका दिन सुनचाँदी, असर्फीको कारोबार धेरै हुने हुँदा पनि मूल्य बढेको हो । आज सुनचाँदीको असर्फी गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय