आईसीसीद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बनमा

काठमाडौं । श्रीलंका क्रिकेट बोर्ड एसएलसीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निलम्बन गरेको छ । बोर्डमा सरकारको हस्तक्षेपपछि आईसीसीले तत्काल प्रभावबाट उसको सदस्यता खारेज गरेको हो ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन निकै निराशाजनक रह्यो । टोलीले ९ खेलमा २ मात्रै जित्न सकेको छ ।

आईसीसीको त्रैमासिक बैठक १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुनेछ। श्रीलंकाको सरकारले हालै श्रीलंका क्रिकेट बोर्डलाई पूर्ण रूपमा विघटन गरेको छ । यसैलाई ध्यानमा राख्दै आईसीसीका अधिकारीहरूले अनलाइन बैठक गरेर बोर्डलाई निलम्बन गरेका हुन् । आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्यधिक हस्तक्षेप भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर