कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु

कालीकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालीकोटकै पचालभरना गाउँपालिका–८, खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।

सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ छ ।

“माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी/संकेत नै भएन । एक्कासि चट्टान खसेपछि भाग्न सक्ने अवस्था भएन,” थापाले भने, “चालकको घटनास्थलमा मृत्यु भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर