काठमाडौं। ऊर्जा सचिव दिनेश घिमिरेले राजीनामा दिएका छन्। घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेकाे छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ।
आज बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गरेको छ। त्यसैगरी सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ।

