बल्खु र तीनकुनेमा मोबाइल नेटवर्क विच्छेद

काठमाडौं। उपत्यका प्रहरी कार्यालयले बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ। दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शनस्थल बल्खुमा प्रहरीले जामर प्रयोग गरेको हो। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ।

जामर प्रविधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको हो। यस्तै, तीनकुनेस्थित युवा संघको प्रदर्शन स्थलमा पनि जामर भेहिकल प्रयोग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर