सुनको मूल्य आज अहिलेसम्मकै महंगो

काठमाडौं। आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आजको मूल्य ३०० रुपैयाँले बढी हो। त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १५०० रुपैयाँमा कारोबार चाँदी आज सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर