सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।

यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय