हमासको कब्जामा रहेका विपिनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री साउद कतार जाँदै

काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन् । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उनको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मङ्सिर ७ गते मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले आज बुधवार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा मन्त्री साउद दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर