सुन आज हिजो कै मूल्यमा कारोबार हुँदै

काठमाण्डौ । सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।

आज चाँदीको पनि भाउ पनि स्थिर छ । चाँदी पनि हिजोको जस्तै तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय