काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५औँ ओभरमा भेट्टायो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। उनलाई सोनु देवकोटाले आउट गरे। कप्तान विनोद भण्डारी २५ रन बनाएर बागमतीका कप्तान सन्दीप लामिछानेको बलमा आउट भए।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिए। प्रतियोगिता अन्तरगत आजै विभागीय टोली एपीएफ र मधेश प्रदेशबीच भिड्ने छन्। यी दुईको विजेताले उपाधिका लागि भोलि आर्मीसँग खेल्नेछ।