राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्न सकिने

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्ने समय आयोगले तोकेको छ।

शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए।

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ। सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर