शरणार्थी प्रकरणमा टोपबहादुरका छोरा सन्दीपलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार (आज) उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ ।

जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर