एमालेले सरकार छोडेपछि देशमा मनपरीतन्त्र फैलिएको ओलीको भनाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् ।

महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो ।

यस्तै उहाँले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप समेत लगाउनुभएको छ । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर