काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई लक्ष्यबिहीन मिसन ८४ मा लाग्न जरुरी नभएको बताएका छन् ।
नेपाली कांग्रेस लुम्बिनीको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहिले केही पुराना र नयाँ दलहरुले मिन ०८४ का नाममा गरेको कार्यक्रम बेमौसमी बाजा भएको र त्यो नेपाली कांग्रेसका लागि जरुरी नभएको बताएका हुन् ।
‘एमाले, माओवादी, रास्वपा लगायतका दलहरुले मिसन ०८४ थालेका छन्, त्यो जिम्मेवारी उनीहरुलाई नै दिऔं, उहाँहरुलाई शुभकामना छ अहिले भरखर निर्वाचन भएको एक वर्ष भएको छ, काम गर्न कति बाँकी छ, त्यति पछिका आश्वासन बाँडेर बस्ने छुट हामीलाई छैन, हामी गर्नका लागि खटिएको पार्टीका कार्यकर्ता हौं, हामीलाई ०८४ सम्म कुर्नुपर्दैन, खुरुखुरु काम गरौं,हामीलाई बसेर गफ लगाउने छुट छैन’ नेता शर्माले भने ।
अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने तर हिजोको अवस्थामा राजसंस्थाले गरेका विकास र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझउनुपर्ने कांग्रेसको जिम्मेवारी भएको शर्माले बताए ।

