काठमाडौं । नेकपा एकीकृत समाजवादी राष्ट्रिय महाधिवेशनको मितिबारे अनिर्णीत भएको छ । आज पार्टी कार्यालय आलोनगरमा बसेको सचिवालय बैठकमा मिति सार्नेबारे छलफल भए पनि निर्णय नभएको उपहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीले यसअघि माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो । तर, पार्टीको जागरण अभियानको सन्देश, जाजरकोट भूकम्प र राष्ट्रियसभाको निर्वाचनका कारण मिति सार्नुपर्ने खतिवडाको भनाइ छ ।
त्यसबारे निर्णय लिन भोलि पनि बैठक बस्ने उनले बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको वैचारिक असहमतिका कारण महाधिवेशन सर्ने कुरा नभएको जिकिर पनि गरे ।

