टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरू ‘हेर्न नभ्याइने’मा परेका छन्। सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन्।

सर्वोच्चले १४ रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषय छलफल गर्न मंगलबार दुवै पक्षलाई बोलाएको थियो। यसअघि एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसबारे निर्णय लिन मंगलबार पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि सर्वोच्चमा रिट दायर भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर