इङ्लिस प्रिमियर लिगमा लुटन टाउनमाथि आर्सनलको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले लुटन टाउनमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

मंगलबार लुटन टाउनको मैदान केनिलवर्थ रोड रंगशालामा आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, काइ हाभर्ट्ज र डेक्लान राइसले गोल गरे । घरेलु टिमा गाब्रियल ओशो, एलिया अदेबायो र रोस बार्कलीले गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलको २०औं मिनेटमा मार्टिनेलीले गरेको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । त्यसको पाँच मिनेटपछि नै ओशोले लुटनबाट बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको अन्तिममिनेटमा जिससको गोलमार्फत आसर्नलले पुनः २–१ को अग्रता लियो । ४९औं आदेबायोले गोल गर्दै पुनः घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय