घट्यो आज पनि सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय