एनएसएलको पहिलो खेलमा धनगढीले र स्पोर्टिङ इलामसँग बराबरी खेल्यो

काठमाण्डौ । नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ ।

धनगढीले इलामसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा काठमाण्डौ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ । काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय