मेनुका पौडेलले पाइन प्रभाव अभिनित चलचित्र  ‘सलार’मा गीत गाउने अवसर

काठमाडौँ । गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा गीत गाउने अवसर पाएकी छन् ।

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।

आइतबार राति सोनी टेलिभिजनमा प्रसारित शोमा मेनुका आफैले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएकोमा खुसी साटेकी हुन् । सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो । कार्यक्रममा उनलाई निर्णायकहरुले बधाई समेत दिएका थिए ।

मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो । सला प्रभास अभिनित बहुप्रतिक्षीत चलचित्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय