काठमाडौँ । परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बनेकी छिन । आज बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बिहीबार जानकारी दिइन ।

