काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।
आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।
यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो। यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता लेखकले बताए । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

