पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनामुक्त भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाँणलाई हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

आज धरौटी बुझाउन जिल्ला अदालत पुगेका खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा पनि पेश गरिएको थियो। सम्पत्ति शुद्धीकरणले १५ लाख धरौटी माग गर्‍यो भने अख्तियारले साधारण तारेखमा उपस्थित हुन भनेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर