काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम) विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यही मंसिर २२ गते पहिलेको फैसला दोहोर्याएर हेर्ने आदेश दिएको हो। सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडितले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको भन्दै उच्च अदालत पोखराले पललाई सफाइ दिएको थियो। उनको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो।
फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरिपाऊँ भनी निवेदन दिएको थियो ।


