काठमाडौं । म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। इतिहाद रंगशालामा गएराति सम्पन्न खेल क्रिस्टल प्यालेससँग सिटी २–२ गोलको बराबरीमा रोकिएको हो।
खेलको २४ औं मिनेटमा नै ज्याक ग्रिलिसले गोल गरेर सिटीलाई सुरुवाती अग्रता दिलाए। यससँगै पहिलो हाफमा सिटी एक गोलले अघि थियो। दोस्रो हाफको ५४ औं मिनेटमा लिको रेविसले गोल गरेपछि भने क्रिस्टल दुई गोलले पछि पर्यो। तर ६७ औं मिनेटमा क्रिस्टलले गल्ती गरेन। जिन फिलिपले गोल गरेर खेललाई २–१ मा ल्याए।
स्टपेज समयमा क्रिस्टलले पेनाल्टी पायो। ९५ औँ मिनेटमा पेनाल्टीबाट बराबरी भएपछि सिटीले खेलमा फर्किने अवसर नै पाएन। यो बराबरीसँगै सिटीले दोस्रो स्थानको आर्सनलसँग बराबरी गर्ने अवसर गुमाएको छ। चौथो स्थानको सिटीको ३४ अंक छ। त्यसैगरी क्रिस्टल भने १७ अंकसाथ १५ औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा भने चेल्सीले सेफिल्ड युनाइटेलाई २–०ले हराएको छ। चेल्सीका लागि कोल पाल्मरले ५४ र निकोलस ज्याक्सनले ६१ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै चेल्सी १० औं स्थानमा उक्लिएकाने छ। पराजित सेफिल्ड अंक तालिकाको पुछारमा छ। गएराति न्युकासलले १० खेलाडीमा समेटिएको फुलहामलाई ३–० ले हराएको छ। त्यसैगरी एभर्टनसँग बर्नली २–० ले पराजित भएको छ।