घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ ।  छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय