३ सय रुपैयाँले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजाार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय