दूरसञ्चार ऐन संशोधन गर्न ड्राफ्ट भइरहेको सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छन्।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा धेरै छिद्र रहेकाले समयसापेक्ष संशोधन गर्नु आवश्यक भएको बताएकी हुन्।

उनले समयसापेक्ष छिटोभन्दा छिटो ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकेको स्पष्ट पारिन्।

उनले मन्त्रालय ऐन ड्राफ्टको तयारीमा अगाडि बढेको बताइन्। उनले एनसेल शेयर खरिद बिक्रीको सम्बन्धमा दूरसञ्चार प्राधिकरणमा हालसम्म कुनै पनि प्रकारको पत्र वा जानकारी नआएको पनि बताइन्। सरकारले गठन गरेको छानबिन समितिले प्राधिकरणसँग पनि समन्वय गरिरहेको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर