बढ्यो आज पनि सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलाको एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय