एनएसएलमा स्पोर्टिङ इलामसँग ललितपुर सिटी पराजित

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा स्पाेर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा इलामले ललितपुरलाई १–० गाेलले हरायाे । ललितपुरका फाेडे कमाराले खेलकाे ५९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे ।

याे जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय