काठमाडौं । एयर अरेविया जहाजमा एक यात्रुले बच्चा जन्माएकी छन् । यूएईको सारजाहबाट काठमाडौं आएको जहाजमा एक जना यात्रुले बच्चा जन्माएकी हुन् ।
जहाज बिहान काठमाडौंमा अवतरण गरेको थियो । उक्त जहाजमा आएको एक महिला यात्रुले वाथरुममा बच्चा जन्मिएको थिइन् । उक्त नवजात शिशुको मृत्यु भएको विमानस्थलमा प्रवक्ता सुवास झाले पुष्टि गरे ।
उक्त बच्चाको भने मृत्यु भएको छ, ती महिला यात्रुलाई अस्तपाल भर्ना गरिएको छ । उक्त यात्रु सारजाहबाट आएको भए पनि उनको बारेमा विस्तृत जानकारी नआएको झाले जानकारी दिए ।

