सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त

काठमाडौं । न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छने । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनिहरुलाई नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सिफारिस भएका उनीहरूलाई सिफारिस भएको भोलिपल्टै आज राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर