माओवादी केन्द्रले विधान सम्मेलन फागुनमा गर्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टीको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

विधान सम्मेलन गर्न सात सदस्यीय विधान मस्यौदा समिति पनि गठन गरिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेका छन्।

समितिले आजबाट काम सुरु गरी १५ दिनभित्र मस्यौदा तयार गरिसक्ने पनि प्रवक्ता सापकोटाले बताए। उनअनुसार सम्मेलनअघि पार्टीको केन्द्रीय समिति बस्ने निर्णय भएको छ। समितिले तयार पारेको मस्यौदा उक्त बैठकहरूमा प्रस्तुत गरिने छ। पार्टीका सबै कमिटीले उक्त मस्यौदा अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने उनले बताए।

जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने प्रवक्ता सापकोटाले जानकारी दिए। माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर