काठमाडौं। नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ। सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो।
बिहीबार गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ। यसका लागि आगामी फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ। यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। निगमसँग कुल ६ वटा जहाज थिए।

