काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले आलाभेजलाई १–० ले हराएको छ । आलाभेजको मैदानमा बिहीबार राति भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन लुकास भाज्क्वेजले इन्जुरी समयमा निर्णायक गोल गरे ।
यो जितसँगै रियाल मड्रिडले स्पेनिस लिगको अंक तालिकामा अग्रता लिएको छ । १८ खेलबाट रियाल मड्रिडको ४५ अंक छ । समान ४५ अंक जोडेको जिरोना गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।
गएराति भएको खेलमा रियाल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएपछि जिरोना दोस्रो स्थानमा झरेको हो । ला–लिगाकै अन्य खेलहरुमा रियाल मयोर्काले ओसासुनालाई ३–२ ले हराउँदा काडिज र रियाल सोसिडाडले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।