काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने भएको छ। हिजो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुको शपथग्रहण आज विहान १० बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
नेकपा माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेकी केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्। उनी लुम्बिनी प्रदेशबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन्। उनी बाँके क्षेत्र नं। १ ९क० बाट निर्वाचित भएकी थिइन्।
यस्तै, नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी प्यूठान प्रदेश सभा ९ख० बाट निर्वाचित भएका थिए।
योसँगै लुम्बिनी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री चौधरीले सरकार गठन भएको सात महिनापछि नै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय भने आफैंसँग राखेका छन्।

