सांसद लक्ष्मी कोइरीले दिए संघीय संसद सचिवालयमा निवेदन

काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद सचिवालयमा निवेदन दिएका छन्। आफ्नो निलम्बन फुकुवा माग गर्दै कोइरीले संघीय संसद सचिवालयमा निवेदन दिएका हुन्।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित भएका हुन्।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर