काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल भट्टराईलाई क्रमशः उच्च अदालत पाटन र पोखराको न्यायाधीशमा सिफारिस भएका छन्। आइतबार बसेको न्यायपरिषद् बैठकले उनीहरूलाई सिफारिस गरेको हो।
त्यस्तै न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरेको हो।
न्यापरिषद्ले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ।

