एनएसएलमा आज फाइनल पुग्न पोखरा र धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज सोमबार फाइनल पुग्न पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन् । लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका भने पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ । दुई टोलीबिचको खेल साँझ साढे ५ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय