काठमाडौं । पोखरामा कारले पैदलयात्रीलाई २ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले राति पौने १२ बजे पैदलयात्रीलाई आज बिहान ठक्कर दिएको हो। दुर्घटनामा बाग्लुङको ढोरपाटन नगरपालिका ६ घर भइ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।

