एनएसएलको इलिमिनेटरमा आज काठमाडौं र ललितपुर खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजेदेखि खेल हुनेछ ।

प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट तीन खेलमा जित र तीन खेलमा बराबरीको नतिजा ल्याएको छ यस्तै दुई खेलमा हार बेहोरेको छ। १२ अंक जोड्दै उसले प्लेअफमा स्थान बनाएको हो।

चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय