महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डौ नछाड्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् ।

आज मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अब सरकारको कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डौ नछाड्ने बताएका हुने । प्रचण्ड नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले बनिसकेका आयोजनाको जस लिन हानाथाप गर्नेभन्दा पनि सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको पनि बताए । उनले यही हप्ता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको जानकारी पनि गराए ।।

प्रतिक्रिया

सम्बन्धित खवर