व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिइएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएको बताएका छन् ।

सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा उनले अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने भाष्य गलत भएको बताए । संघीयताले ‘जनप्रतिनिधि बढे, खर्च बढ्यो’ भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ छ ।

“लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन, जनतामा त्यसको लाभको समान वितरण पनि हुन सक्दैन । अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन् । अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिलकुल गलत छ । संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले एकात्मक राज्य व्यवस्थामा कुल एक लाख ५५ हजार ८६२ जनप्रतिनिधि रहेको तर अहिले जम्मा ३८ हजार ४५३ जनप्रतिनिधि मात्र रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर