एनएसएल फुटबल: पोखरालाई पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी फाइनलमा पुगेको छ।

हिजो साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो।

निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर