जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज

काठमाडौँ हो। सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको छ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र महेश पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने मन्त्रिपरिषद्को गत माघ २९ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो।

संविधानको मूल भावनाविपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषद्लाई दिएको सम्झन नमिल्ने सर्वोच्चको ठहर छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित ६ जनाले उक्त बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर