बालकुमारीमा भएको घटनाबारे गृहसहित सुरक्षाअधिकारीसँग प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग घटनाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई उनीहरूले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले घटना दुःखद भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर